मोहमद साबिर मन्सुर कलैया बारा :
हाम्रो देश नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त देश हो । जब देश को संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै बनेको छ ।बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै बने को छ भने , संघीय संसद मा हिन्दी भाषा को प्रयोग गर्दै मा { ट्याग} किन लगाउनु पार्यो ?
संविधान को धारा ६ अनुसार नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् । संविधान मा साक्षात् आँखा पर्ने गरी लेखिए को शब्द मा ध्यान न दी क्न आवाज उठाउन किन पुग्नु पर्यो । भारत को तत्कालीन प्रधान मन्त्री जब नेपाली भाषा मा आफ्नो शब्द विचार राख्छन , यहाँ सम्म कि अरु अरु देश मा पनि नेपाली भाषा को वाचन हुन्छ ।
एउटा स्वतन्त्र देश मा भाषा विभेद संसद मै उठाएर देश को अस्तित्व माथि कति हनन् पुग्यो ख्याल गर्नु भयो । आफै बहुभाषिक देश भनेर संविधान मा लेख्ने हरु ट्याग किन ।
जब हिन्दी भाषा बुझ्न सिक्दिनौ भने आज आहिले को समय बाट नै हिन्दी फिल्म , सिरियल , गीत , गजल ,शायरी इत्या दी जाती कार्यान्यन मा राख्नु भएको छ , त्यो अहिले को समय बाट नै छोड दिनुस् । देश मा नेपाली भाषा न बुझ्ने हरु हिन्दी भाषा सहज तरिका ले बुझ्छन् । देश मा कति भाषा काहा बोलिन्छ त्यसको तथ्यांक पल्टाएर पढ्नुस् ।
देश मा हिन्दी भाषा बोल्ने जनता ७७,५९७ छन् । हिन्दी भाषा राष्ट्रिय भाषा को रूप मै बोलिन्छ त्यो त तथ्यांक ले नै देखाउँछ । कुनै भाषा को उच्चारण गर्दै मा देश द्रोही , राष्ट्रिय घात भन्ने शब्द कदापि लगाउन सकिँदैन ।
आफै सब थोक गर्ने , संविधान बनाउने र यदि त्यो लेखिएको हक अधिकार यदि कसैले पालना गर्दै छ भने आफै आवाज पनि उठाउने । यदि यस्तै गर्नु छ भने संविधान संसोधन को प्रस्ताव किन आहिले सम्म रोकेर राख्नु भएको छ । संसद सरिता गिरी ज्यू ले हिंदी भाषा को प्रयोग गर्दा मा आवाज उठाउन कदापि पाउँदैन।
0 Comments